INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) मा नयाँ नेतृत्व

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) मा बाल अधिकारकर्मी युवा नरेन्द्र डङ्गोल अध्यक्षमा निर्वाचित हुनुभएको छ । अभियान बालसंरक्षणको क्षेत्रमा कार्य गर्ने विभिन्न संस्थाहरूको साझा सञ्जाल हो ।

‘बाल अधिकारका क्षेत्रमा कानुन निर्माण, तिनका सेवा प्रवाह, संयन्त्रहरू निर्माण र सवलीकरणमा सरकारहरूसँग सहकार्य र सोका लागि पैरवी गर्नुपर्छ ।’–अध्यक्षमा निर्वाचित नरेन्द्र डङ्गोलले बताए ।

बालबालिकाको सर्वोत्तम हित र जोखिममा रकेको बालबालिकाको संरक्षित हुने वातावरण निर्माणका लागि कार्य गर्ने उहाँले बताउनुभयो ।

बालबालिका शान्ति क्षेत्र हुन भनी अवधारणाका साथ सन् २००१ बाट सुरूवात गरी नेपालमा सन् २००३ देखि बालबालिका तथा विद्यालय शान्तिक्षेत्र हुन् र समग्र बाल संरक्षणका मुद्दामा वकालत गर्दै आएको सिजपको  ०७६ को साधरण सभा तथा अधिवेशनले दुई वर्षे कार्यकालका लागि निर्वाचित अन्य पदाधिकारी उपाध्यक्षहरुमा मिना शर्मा र नवल किशोर यादव, महासचिवमा राजेश शर्मा, कोषाध्यक्षमा रत्न उप्रेती निर्वाचित हुनुभएको छ ।

त्यसैगरी साधारणसभाले सदस्यहरुमा टिकाराम आर्चाय, चन्दाकुमारी गुरुङ्ग, टिका फुलारा, रुद्र मसराङ्गी, दिपक शर्मा, कुमारी ममता झा, अनिता निराला र प्याग नेपाललाई निर्वाचित गरेको छ ।

photo20191223kathmandu

अन्य

भिडियो