नलगाड नपा–३ सिर्के गाउँमा भएको विवाद मिलाउन भनी छलफलका लागि पुस २ गते हिँडेको प्रहरी चौकी सक्लाको नेपाल प्रहरीको टोलीमाथि नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
स्थानीय शिला खड्काले झैझगडासम्बन्धी प्रहरीमा उजुरी दिएको आधारमा घटनास्थल गएका असई गङ्गबहादुर चन्द र साथमा गएका प्रहरी जवानमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
आक्रमणमा घाइते प्रहरीहरूको उपचार पुस २ गते नै प्राथमिक स्वास्थ चौकी दल्लीमा गरिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।
घटनामा संलग्नहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।