१६ वर्षीया बालिकालाई मङ्सिर २६ गतेदेखि नेपालगन्ज उमनपा–२१ नहरपुर्वाका २२ वर्षीय जिनाद बेहनाले अपहरण वा शरीर बन्धक र मानव बेचबिखन तथा ओसारपसार गरेको भन्दै पीडित बालिकाबा ४३ वर्षीय बाबुले जिल्ला प्रहरी कार्यालय बाँकेमा मङ्सिर ३० गते उजुरी दिनुभएको छ ।
पीडित बालिका नेपालगन्जस्थित बजारमा कपडा खरिद गर्न भनी घरबाट आएको अवस्थामा आरोपितले ललाईफकाई नेपालगन्ज भन्दा रुपेडियामा सस्तो कपडा पाइन्छ भनी प्रलोभन देखाई रुपेडिया लगेको र रुपेडियाबाट अपहरण गरेको प्रत्यक्षदर्शी बालिकाले जानकारी दिनुभयो ।
उजुरी परेलगत्तै पीडित बालिका र आरोपितको खोजी कार्य भइरहेको र अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।