INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक सेवामा विभेद गरेको गुनासो

अपाङ्गता भएका व्यक्तिले सार्वजनिक निकायले प्रवाह गर्ने सेवामा आफूहरूलाई विभेद गरेको गुनासो गरेका छन् ।

यातायात, स्वास्थ्य सस्था र बैङ्क तथा वित्तीय संस्थाहरूमा सेवा लिने क्रममा अपाङ्गता भएका कारण विभेद खेप्नु परेको उनीहरूको गुनासो छ ।

राज्यका सबै निकायले अपाङ्गता भएका व्यक्तिलाई प्रथामिकतामा सहुलियत दिएर सेवा प्रवाह गर्ने नीति लिएका छन् ।

त्यस्ता नीति कार्यन्वयन नहुँदा असक्त र असहाय व्यक्ति मर्कामा पर्ने गरेका छन् । तर, जिल्ला अस्पतालमा जाँदा आपूmहरूलाई अरूसँगै लाइनमा बस्नु पर्ने बाध्यता रहेको टङ्क ढुङ्गानाले बताउनु भयो ।

सरकारले औषधि निःशुल्क दिने भनिए पनि जिल्ला अस्पतालमा निःशुल्क औषधिसमेत नभएपछि औषधि पसलमा किन्नु पर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

यातायात क्षेत्रमा अपाङ्गता भएका व्यक्तिले परिचयपत्रका आधारमा ५० प्रतिशतसम्म छुट पाउने व्यवस्था भएपनि आफूले नपाएको अपाङ्गता भएका फेदाप गाउँपालिका–४ इसिबु बस्ने सुर्य कार्कीले बताउनु भयो ।

सार्वजनिक यातायातमा यात्रा गर्न बस तथा अन्य सवारी रोक्दा समेत नरोकिदिने, रोकिहाले पनि सिट नभएको भनेर नचढाउने गरेको म्याङलुङ नगरपालिका–३ का दृष्टिविहीन कल्पना श्रेष्ठले गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयोे–‘गाडी रोक्दा पनि रोक्दैनन् । छुटको त कुरै नगरौँ ।’ अन्य सार्वजनिक क्षेत्र, स्वास्थ्य सस्थामा समेत हेय दृष्टिले हेर्ने र नराम्रो व्यवहार गर्ने गरेको श्रेष्ठको गुनासो छ ।

सरकारी तथा सामुदायिक संरचना निर्माण गर्दा अपाङ्गतामैत्री निर्माण गर्ने तेह्रथुमका स्थानीय तहका नीति तथा कार्यक्रममा उल्लेख भएपनि कार्यन्वयन नभएको अपाङ्गता पुनस्र्थापना केन्द्र तेह्रथुमका अध्यक्ष डालेश्वर गड्तौलाले बताउनु भयो ।

स्थानीय सरकारका प्रमुखहरूले समेत आपाङ्गता भएका व्यक्तिहरूलाई खुलेर सहयोग गर्ने नगरेको उहाँको गुनासो छ ।

म्याङलुङ नगरपालिकामा मात्र ३ सय ६२ जना अपाङ्गता भएका व्यक्तिहरू रहेका गड्तौलाले जानकारी दिनु भयो ।

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ जारी भइ लागू भएको छ ।

उक्त ऐनमा अपाङ्गताका कारण अशक्त व्यक्तिलाई सेवा दिन विशेष व्यवस्था गरेको छ ।

ऐनको दफा ८ मा अपाङ्गता भएकै कारण कुनै पनि ठाउँ वा सेवामा भेदभाव गर्न नपाइने व्यवस्था छ भने दफा १५ मा सेवा सुविधा तथा न्यायमा पहुँचको अधिकार छ ।

यो दफामा यातायात क्षेत्रमा सेवा दिँदा सहुलियत दिनु पर्ने तथा विभेद गर्न नपाइने व्यवस्था छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनकिशोर प्रधानले अपाङ्गता भएकाहरू मात्र हैन ज्येष्ठ नागरिकहरूलाई विभेद विभेद भएमा प्रहरीमा उजुरी गर्न आग्रह गर्नु भएको छ ।

अन्य

भिडियो