४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ५१ वर्षीय नातेदारलाई मङ्सिर २९ गते आफ्नै घरबाट गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले मङ्सिर २६ गते बलात्कार प्रयास गरेको भनी पीडित महिलाले सोही दिन जिल्ला प्रहरी कार्यालय, चरिकोटमा उजुरी दिनुभएको थियो ।
पीडित महिला एक्लै आफ्नै गोठमा काम गरिरहेको समयमा आरोपितले बलात्कार प्रयास गरेको उजुरीमा उल्लेख छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर २७ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा गरिएको छ ।