INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा प्रधानाध्यापकमाथि दुर्व्यवहार

घोडाघोडी नपा—१ सुखडस्थित राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक रामछविला चौधरीलाई आर्थिक अनियमितता गरेको आरोपमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले मङ्सिर २९ गते मोसो दलेर दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

प्रधानाध्यापक चौधरीले विद्यालयको पर्खाल निमार्णका क्रममा आर्थिक अनियमितता गरेको र शिक्षकहरूलाई नियमित रूपमा तलब नदिएको भन्दै उहाँकै कार्य कक्षमा गएर प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले मोसो दलेको इलाका प्रहरी कार्यालय, सुखडका इन्स्पेक्टर यक्षराज जोशीले बताउनुभयो ।

पीडितबाट कुनै उजुरी नआएको भए पनि घटनाको अनुसन्धान तथा आरोपितको खोजी कार्य जारी राखिएको इन्स्पेक्टर जोशीले बताउनुभयो  ।

अन्य

भिडियो