१८ वर्षीया युवतीलाई एक महिनासम्म पटकपटक यातना तथा धम्की दिएर बलात्कार गरेको आरोपमा ४० वर्षीय बाबुलाई प्रहरीले मङ्सिर २८ गते मधुवन नपा–६ स्थित नेपाल भारत सिमा नजिकबाट भारततर्फ जाँदै गरेको अवस्थामा फेला पारी गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपि राजेशनाथ बास्तोलामा अनुसार बाबुले विगत केही महिनादेखि भारतको बेङ्लोरमा लगि कोठा डेरामा राखी एक महिनासम्म पटकपटक यातना तथा धम्की दिई बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
नेपाल फर्केर मङ्सिर २४ गते बाँकेको नेपालगञ्ज बजारको न्यूरोडस्थित एक होटेलमा राखी मङ्गलबार घर जान हुन्न अशुभ हुन्छ भोलि जाउँला भनी यतै बस्न पर्छ भनी फकाई धम्क्याई पुनः बलात्कार गरेको पीडितले बताउनुभएको छ ।
पीडितले प्रहरीलाई खबर गरेपछि तत्काल जिल्ला प्रहरी कार्यालय बर्दियाबाट इन्स्पेक्टर लक्ष्मण ओली नेतृत्वमा गएकोे प्रहरी टोलीले फरार रहेका बाबुलाई मङ्सिर २७ गते गिरफ्तार गरेको हो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण मङ्सिर २६ गते जिल्ला अस्पताल बर्दियामा गरिएको छ ।