INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह घटनाका आरोपित गिरफ्तार

बालविवाहको आरोपमा प्रहरीले नारायण नगरपालिका–१ धाउन्नेका १७ वर्षीय बालक र नारायण नगरपालिका–९ साँडू गाउँकी १७ वर्षीया बालिकालाई मङ्सिर २८ गते धाउन्नेबाट गिरफ्तार गरेको छ ।

उमेर नपुगी मङ्सिर २३ गते आफूखुशी विवाह गरेको भन्दै बालिकाका अभिभावकले दिएको उजूरीको आधारमा आरोपितद्वय गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डिएसपी हरिबहादुर ओलीले जानकारी दिनुभयो । घटनाको अनुसन्धान भइरहेको डिएसपी ओलीले बताउनुभयो ।

अन्य

भिडियो