INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचपोखरी थाम्पाल गाउँपालिका–६ थाम्पालधापका २९ वर्षीय ककनी भन्ने कान्छा लामालाई मङ्सिर २६ गते बेलुका गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले मङ्सिर ४ गते बलात्कार गरेको पीडितको आरोप छ । पीडितले मङ्सिर ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर महेन्द्र दर्नालले बताउनुभयो ।

इन्स्पेक्टर दर्नालका अनुसार पीडितको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा मङ्सिर ११ गते स्वास्थ्य परीक्षण गरिएको थियो ।

अन्य

भिडियो