INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वर्जु गाउँपालिका–६ घर भई इटहरीमा बस्दै आएका २५ वर्षीय राजेशकुमार मेहतालाई मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले गत जेठ ८ गते इटहरी उमनपा–२० मा बलात्कार गरेको भन्दै पीडित पक्षले असार ८ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार ८ गते इटहरी अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो