INSEC Online

📅 २०८३ जेष्ठ २१

हिंसा प्रभावितको अवस्था र सुरक्षाको सवालमा छलफल

जिल्लाका महिला तथा बालबालिकाको अधिकारका विषयमा मानवअधिकाकर्मी र सुरक्षाकर्मीबिच छलफल कार्यक्रम सल्यानको खलङ्गामा मङ्सिर २४ गते सम्पन्न भएको छ । जिल्लामा हिंसा प्रभावितहरूलाई पुनःस्थापना गर्न चुनौतीको विषय रहेको सरोकारवालाले बताएका छन् ।

मानव अधिकारकर्मीहरूले राज्यलाई सहयोग गरिरहेको भन्दै प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले राज्यले गर्ने काम मानव अधिकारकर्मीले गरिरहेको भन्दै प्रशंसा गर्नुभयो ।

उहाँले हिंसा प्रभावितहरूका लागि काम गर्ने इन्सेकलगायतका अधिकारका क्षेत्रमा काम गर्ने अन्य संस्थाहरूसँग स्थानीय तहले पनि सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताउनु भयो ।

जिल्लाका हरेक क्षेत्रबाट हिंसामा परेका पीडितहरू सदरमुकाम आउँदा मानव अधिकारकर्मीहरूले आवाज उठाइ रहेको बताउँदै उहाँले यस कार्यको सराहना गर्नु भयो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले इन्सेकलगायत जिल्लामा क्रियाशील मानव अधिकार संस्थाका प्रतिनिधिहरूले शान्ती सुरक्षा कायम गर्न योगदान पु¥याएको बताउनु भयो ।

उहाँले आगामी दिनमा पनी हिंसा न्युनिकरणमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जिल्ला अनुसन्धान कार्यालयका प्रमुख डिएसपी विनोद दवाडीले संविधानमा उल्लेख भएको मौलिक हकको क्षेत्रमा सहयोग पुयाएको भन्दै धन्यवाद व्यक्त गर्नु भयो ।

इन्सेक सल्यान र रेस नेपाल सल्यानले संयुक्त रूपमा आयोजना गरेको जिल्लाका महिला तथा बालबालिकाको अधिकारका विषयमा सरोकारवाला संस्थासँग छलफल तथा अन्तर सम्वाद कार्यक्रममा मानव अधिकारकर्मी, पत्रकार र सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

photo20191214salyan (1)

photo20191214salyan (2)

photo20191214salyan (3)

photo20191214salyan (4)

अन्य

भिडियो