४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बाह्रविसे नपा ९ का २९ वर्षीय दिनेश तामाङलाई मङ्सिर २५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले मङ्सिर १४ गते जङ्गलको बाटोमा एक्लै हिँडेका बेलामा बलात्कार प्रयास गरेको पीडितको आरोप छ ।
पीडितले मङ्सिर १७ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर नवराज न्यौपानेले बताउनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर १७ गते बाह्रविसे स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको थियो ।