INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

४, ६ र ११ वर्षीया तीन जना बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मङ्सिर २६ गते घोराही उमनपाका ८२ वर्षीय रामुु खत्रीलाई १० वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश रितेन्द्र थापाको इजलासले खत्रीलाई दोषी ठहर गर्दै १० वर्ष कैद गर्ने फैसला गरेको हो । ज्येष्ठ नागरिकलाई कुल कैदको ७५ प्रतिशत कैद मिनाहा हुने कानुनी व्यवस्था छ ।

जसअनुसार खत्रीले २ वर्ष ६ महिना कैद भुक्तान गर्नुपर्ने अदालतका श्रेस्तेदार धनीप्रसाद चापागाईँले जानकारी दिनु भयो ।

यसैगरी तीनजना पीडितलाई जनही ७५÷७५ हजार रुपियाँ क्षतिपूर्ति उपलव्ध गराउने फैसला गरेको चापागाईँले बताउनु भयो ।

आरोपित खत्रीले ०७५ वैशाख ८ गतेदेखि ०७५ असार २४ गतेसम्म तीनजना बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ असार २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण असार २६ गते राप्ती प्रादेशिक अस्पतालमा गरिएको थियो । प्रहरीले असार २६ गते नै खत्रीलाई गिरफ्तार गरी मुद्दा चलाएको थियो ।

अन्य

भिडियो