भोजपुरमा दुई ओटा वडा कार्यालयमा अज्ञात पक्षले आगजनी गरेको छ । मङसिर २४ गते राति रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएपी नरबहादुर सलामी मगरले जानकारी दिनु भयो ।
पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टीतेल छर्केर कागज पत्र, कुर्सी, फर्निचर, लगायतका सामग्रीमा आगजनी भएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले बताउनु भयो ।
वडा कार्यालयको ढोका ह्याक्सोले काटिएको छ । रामप्रसाद राई गाउँपालिका–२ को कार्यालय भने पुर्ण रूपमा ध्वस्त भएको वडाध्यक्ष राजकुमार तामाङले जानकारी दिनु भयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।