INSEC Online

📅 २०८३ जेष्ठ २१

सामाजिक सुरक्षा भत्ता माग गर्दै सिडिओलाई ज्ञापनपत्र

सिंहदरवारको अधिकार संवैधानिक रूपमा गाउँ–गाउँमा गएपनि स्थानीय नागरिकले अनुभूती भने गर्न पाएका छैनन् ।

सामाजिक सुरक्षा भत्ता बापतको रकम स्थानीय तहमार्फत ज्येष्ठ नागरिकलगायत लक्षित वगले गाउँमै पाउने व्यवस्था भएपनि जगरनाथपुर गाउँपालिका–२ लक्ष्मीपुरका ज्येष्ठ नागरिकले भने समाजिक सुरक्षा भत्ता माग्दै सदरमुकाममा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

यहाँका ज्येष्ठ नागरिकले मङ्सिर २५ गते पर्साका प्रमुख जिल्ला अधिकारीलाई चार बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरूले बुझाएको ज्ञापन पत्रको पहिलो बुँदामा आर्थिक वर्ष २०७६÷०७७ मा वितरण नभएको समाजिक सुरक्षा भत्ता यथाशीघ्र वितरण गराउनु पर्ने उल्लेख छ ।

दोश्रो बुँदामा गाउँपालिकाका अध्यक्ष जालिम मियाँले आफ्नो इँटा उद्योग बनाउँदा सार्वजनिक कुलो भत्काई मासेका कारण ७० विगहा खेतीमा सिंचाई प्रभावित भएका कारण पुन कुलो निर्माण गराइदिनु पर्ने उल्लेख छ ।

ज्ञापन पत्र बुझाउँदै ७४ वर्षीय सत्यनाारयण चौहानले कुलो बनाउन जाँदा गाउँपालिकाका अध्यक्ष मियाले रोक्ने गरेकोले प्रमुख जिल्ला अधिकारीबाट स्थलगत अनुगम गरी कुलो निर्माण सुचारू गराउन माग गर्नु भएको थियो ।

साविकको घोडदौडा पिपरा–८ र ९ लाई जगरनाथपुर गाउँपालिका–२ मा राखे पनि विकास निर्माणमा कुनै सहभागिता नगराइएकोले सम्मानजनक सहभागिता र गाउँपालिका कार्यालयबाट दलित बालबालिकाको भत्ता उपलब्ध गराउनु पर्ने भन्दै ज्ञापन पत्र बुझाइएको हो  ।

ज्ञापन पत्र बुझाउन जगदिश हजरा दुसाद, प्रभु प्रसाद चौहान, जिउत महतो चाई, केशवर राम, जोखु राउत लगायतकाले जिल्ला प्रशासन कार्यालय पर्सामा पुग्नु भएको थियो । उहाँहरूले सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतलाई ज्ञापन पत्र बुझाउनु भएको हो ।

जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले पञ्जिकरण विभागबाट समाजिक सुरक्षा भत्ताको लागि माग भएर आएजतिको सामाजिक सुरक्षा भत्ता वितरणको वडा सचिवहरूलाई निकासा गरिसकेको बताउनु भयो ।

उहाँले बाँकी रहेको अपुग रकम माग समेत गरिसकिएको बताउनुभयो । गिरीले सामाजिक सुरक्षा भत्ता पाउनेहरूको अभिलेखिकरणको काम तीव्र गतिमा भइरहेको र १५ दिन भित्र अन्य बाँकी रहेका सबैको अभिलेख दुरूस्त पारी भत्ता समेत वितरण गरिसक्ने जानकारी दिनु भयो ।

आर्थिक वर्ष ०७६÷०७७ को साउन महिनादेखि नै सामाजिक सुरक्षा भत्ता वितरण भएको छैन । गाउँपालिका भित्र सामाजिक स्ुरक्षा भत्ता पाउने करिब १ हजार ५ सय नागरिक रहेको कार्यकारी प्रमुख गिरीले जानकारी दिनु भयो ।

photo20191211parsa (1)

photo20191211parsa (2)

photo20191211parsa (3)

photo20191211parsa (4)

अन्य

भिडियो