INSEC Online

📅 २०८३ जेष्ठ २१

अधिकारकर्मी हतियारले नभइ विचारले लड्ने साहास राख्छन्ः अध्यक्ष शर्मा

अधिकारकर्मी हतियारले नभइ विचारले लड्ने साहास राख्ने भएकाले अधिकारकर्मीको बल निकै ठूलो हुने राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले बताउनुभएको छ ।

७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०१९ तथा ११ औँ मानव अधिकार राष्ट्रिय महाभेला अन्तर्गतको तेस्रो दिन मङसिर २४ गते प्रभातफेरीपछि आयोजित सभामा उहाँले सो कुरा बताउनुभएको हो ।

मानव अधिकारका विषयमा सम्पूर्ण व्यक्तिले एक जुट भएर लाग्नु पर्ने भन्दै विभिन्न सङ्घ संस्थाहरूको सहभागितामा काठमाडौँमा प्रभातफेरी आयोजना गरिएको हो ।

उहाँले हतियारले ल्याएको तन्त्रको अन्त्य भएपनि त्यसले मानवको वास्तविक अधिकारलाई सुनिश्चित गर्न नसकेको र त्यसका लागि सबैले खबरदारी गर्नुपर्ने औँल्याउनुभयो ।
गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जिताराम लामाले महिला, दलित, जनजाती जस्ता अलगअलग विषय उठाउनु भन्दा सम्र्पूण मानवको अधिकारको विषयमा सबैको स्वर एक भए मात्र अधिकार प्राप्तिमा ढिलाइ नहुने बताउनुभयो ।

दिगो विकासको आधार, सबैका लागि मानव अधिकार भन्ने मुल नाराका साथ काठमाडौँको भृकुटी मण्डपबाट सुरू ¥याली शान्तिबाटिकामा गएर समापन गरिएको थियो ।

photo20191210kathmandu (2)

photo20191210kathmandu (3)

photo20191210kathmandu (4)

photo20191210kathmandu (5)

photo20191210kathmandu (6)

photo20191210kathmandu (7)

photo20191210kathmandu (8)

अन्य

भिडियो