INSEC Online

📅 २०८३ जेष्ठ २१

विविध कार्यक्रमको आयोजना गरी प्रदेश ५ का जिल्लाहरूमा मानव अधिकार दिवस मनाइयो

प्रदेश ५ का विभिन्न जिल्लामा विविध कार्यक्रम गर्दै मङ्सिर २४ गते ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको जिल्ला प्रतिनिधिहरूले जनाउनुभएको छ ।

बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटाका अनुसार नागरिकले मानव अधिकारको अनुभुति गर्न सक्नु पर्नेमा जोड दिइएको छ ।

मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार सञ्जाल बाँकेको आयोजना तथा इन्सेक, थर्ड एलाइन्सलगायत सङ्घसंस्थाहरूको सहकार्यमा मङ्सिर २४ गते आयोजित मानव अधिकार संरक्षण र प्रवर्धनमा स्थानीय तह र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रूचालले उक्त कुरा बताउनुभएको हो ।

अध्यक्ष रूचालले आम नागरिकलाई अनुभूति  हुने गरी अधिकार दिन सके परिवर्तन ल्याउन सकिने बताउनुभयो ।

प्रदेश ५ संसदको वन तथा वातावरण समितिका सभापति बिजय यादवले स्थानीय जनप्रतिनिधिहरूले न्यायिक समितिमा प्रभावकारी ढङ्गले न्याय सम्पादन गर्न नसकेको बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख चन्द्रकान्ता चापागाईले मानव अधिकार आयोगले द्वन्द्वकालीन घटनाको सिफारिस गरेर पठाए पनि सिफारिस कार्यान्वयन नभएको बताउनु भयो ।

उहाँले अदातलको आदेश समेत कार्यान्वयन गर्न नसकेकाले अझैपनि द्वन्द्व पीडितहरू समस्यामा रहेको बताउनु भयो ।

इन्सेक प्रदेश ५ का संयोजक भोला महतले सङ्घ, प्रदेश र स्थानीय तहले मानव अधिकारमैत्री योजना बनाउनु पर्ने बताउनुभयो ।

राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष भावुकजङ्ग शाहले अपाङ्गता भएका व्यक्तिहरूले घरबाटै हिंसा खेप्नु परेको बताउनुभयो ।

उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई सडकमा बाटो काट्दा, हिँडडुल गर्दा असहज भएको र कानुनी सहयोग लिन पनि गा¥हो भएको बताउनुभयो ।

फातिमा फाउण्डेशन नेपालकी कार्यवहाक अध्यक्ष मैमुना सिद्दिकीले दिन प्रतिदिन बलात्कारका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

यसैगरी बैजनाथ गाउँपालिका महिला तथा बालबालिका शाखा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्ज र मानव अधिकार समूहको आयोजनामा बैजनाथ गाउँपालिकामा समानताको पुस्ताः बलात्कार विरूद्धको ऐक्यबद्धता भन्ने नाराका साथ ¥याली निकालिएको जिल्ला सहजकर्ता लक्ष्मी चौधरीले बताउनु भएको छ ।

photo20191210banke1

photo20191210banke2

photo20191210banke3

कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार स्थानीय सरकार मानव अधिकारमैत्री बन्नु पर्ने सरोकारवालाहरूले जोड दिएका छन् ।

इन्सेक कपिलवस्तु र मानव अधिकार समूह वाणगङ्गाको आयोजना तथा वाणगङ्गा नपाको सहयोगमा मङ्सिर २३ गते अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाहरूले उक्त कुरामा जोड दिएका हुन् ।

वाणगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम भट्टराईले स्थानीय सरकार मानव अधिकारमैत्री भइ काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । हरेक नागरिकले आर्थिक ,सामाजिक ,सास्कृतिक अधिकार पाप्त गरे मात्र राष्ट्र समृद्ध बन्ने बताउनु भयो ।

भट्टराईले इन्सेकले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा वकालत गर्दै आएको भन्दै यी सवाल स्थानीय सरकारका पनि महत्वपुर्ण सवाल रहेकाले प्राप्तिका लागि मिलेर अगाडि बढ्ने समेत बताउनु भयो ।

वाणगङ्गा नपाका सामाजिक विकाश शाखाका प्रमुख खिमबहादुर जिसीले हरेक नागरिकले मानव अधिकारका विषयमा जान्नु पर्ने बताउँदै जबसम्म आफ्ना अधिकार के हुन् भन्ने कुरा थाहा हुँदैन तबसम्म मानव अधिकार प्राप्त गर्न नसक्ने बताउनु भयो ।

photo kapilvastu 201912101

रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार समाजमा लैङ्गिक हिंसा र मानव अधिकार उल्लङ्घनको अवस्थामा सुधार नहुँदासम्म मानव अधिकारको पूर्ण प्रत्याभूति गर्न नसकिने मानव अधिकारकर्मीहरूले बताएका छन् ।

७१ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा प्रदेश ५ को बुटवलमा गरिएको बेण्डवाजा सहितको प्रभातफेरीको समापन कार्यक्रममा यस्तो कुरा बताएका हुन् ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५, इन्सेक रुपन्देही, गैरसरकारी संस्था महासङ्घ, रुपन्देही, निलहिरा समाज रुपन्देहीलगायतका दर्जन बढी सङ्घसंस्थाहरूको आयोजनामा गरिएको प्रभातफेरी कार्यक्रमको समापन सत्रमा बोल्ने सहभागीहरूले यस्तो कुरा बताएका हुन् ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ का निर्देशक सम्झना शर्माले मानव अधिकारको संरक्षण र प्रवर्धनको क्षेत्रमा नागरिक समाजले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।

उहाँले नागरिक सङ्गठनहरूको सक्रियताका कारण राष्ट्रिय मानव अधिकार आयोग अहिलेको अवस्थामा पुगेकोले अवका दिनमा पनि नागरिक समाजको भूमिका अझ सक्रिय हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मानव अधिकार रक्षक सञ्जालका केन्द्रिय सदस्य इन्दिरा आचार्यले मानव अधिकारको क्षेत्रमा राज्यका निकायहरूलाई नागरिक समाजले जबाफदेही र खबरदारी गराउनका लागि र पीडितका न्यायमा पहुँच पुर्‍याउनका लागि यस्ता अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।

photo20191210rupandehi (1)

photo20191210rupandehi (2)

photo20191210rupandehi (3)

photo20191210rupandehi (4)

photo20191210rupandehi (5)

अन्य

भिडियो