INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको नेतृत्वमा बृहत् सरसफाई कार्यक्रम

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समितिको आयोजनामा मङ्सिर १९ गते राजविराजमा बृहत सरसफाई कार्यक्रम गरी अन्तर्राष्ट्रिय स्वयम्सेवक दिवस मनाइएको छ ।

सरसफाईका अभियन्ताहरू, स्वयम्सेवकहरू, जिल्लामा क्रियाशील सामाजिक सङ्घसंस्था, ग्रिन नेपाल र सप्तरी युथ नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल, मानव अधिकार समूह, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मिसन कलेज, क्यालिबर इन्टरनेशनल कलेज, पाराडाइज कलेजका विद्यार्थीहरू, पत्रकार, नागरिक समाज गरी ५ सय जनाभन्दा बढीको सहभागितामा राजविराज बजारमा कुचो लगाएर सचेतनामूलक कार्यक्रम गरी अन्तर्राष्ट्रिय स्वयम्सेवक दिवस मनाइएको हो ।

निस्वार्थ समाजको स्वयम्सेवा गर्ने स्वयम्सेवकको सम्मान र स्मरण गर्न तथा स्वयम्सेवा भाव जागृत गर्ने उद्देश्यले सरसफाई कार्यक्रम गरिएको आयोजक समितिले जनाएको छ ।

‘स्वच्छ, सफा, सुन्दर राखौँ, सरसफाई अभियानमा सहभागि बनौँ’, ‘सके सफा गरौँ, नसके फोहोर नगरौँ’, ‘आज हामी गर्छौँ, भोलिदेखि आफैँ सरसफाई गर्नुस्’ भन्ने आग्रह सहित अस्पताल, सहिद दशन चोक, गजेन्द्र चोक लगायतका सडकहरू सरसफाई गरिएको हो ।

इन्सेक सप्तरीको आयोजनामा राजविराजस्थित गजेन्द्र चोकमा मङ्सिर २१ गते रक्तदान र २४ गते विश्व मानव अधिकार दिवसका अवसरमा गोष्ठि हुने इन्सेक सप्तरीले जनाएको छ ।

Photo20191205Saptari (1)

Photo20191205Saptari (2)

Photo20191205Saptari (3)

Photo20191205Saptari (4)

Photo20191205Saptari (5)

Photo20191205Saptari (6)

Photo20191205Saptari (7)

अन्य

भिडियो