पाँचखपन नगरपालिकाको गाडीमा अज्ञात पक्षले आगजनी गरेको छ । नगरपालिकाबाट खाँदबारी सदरमुकाम जाने क्रममा पार्किङमा राखिएको १ झ ५४० नम्वरको गाडीमा मङ्सिर १८ गते राति अज्ञात पक्षले आजगनी गरेको उपमेयर भीमादेवी राईले जानकारी दिनुभयो ।
आगजनी कसले र के कारणले गराएको हो सो विषयमा जानकारी नभएको उपमेयर राईले बताउनुभयो ।
पार्किङमा राखिएको गाडीमा आगजनी भएलगत्तै थाहा भएकाले धेरै क्षति हुन नपाएको उपमेयर राईको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी मीमबहादुर लामाले घटनामा संलग्नहरूको खोजी थालिएको बताउनुभयो ।




