INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

गुलरिया नगरपालिकाकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असोज २५ गते साथीको घरमा सुतिरहेको अवस्थामा २५ वर्षीय दाजुलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ ।

बलात्कार गरेको कसैलाई भने काट्छु, मार्छु भनी धम्की दिँदै पीडितलाई घटनास्थलमा छाडेर फरार भएका थिए ।

घटनाको बारेमा कसैलाई भने मार्ने धम्की दिएका कारण पीडित बालिकाले केही महिनासम्म कसैलाई भन्न नसकेको पीडित पक्षले जनायो ।

पीडा दबाउन नसकी आफ्नी फुपूलाई जानकारी गराएपछि फुपूले जिल्ला प्रहरी कार्यालय बर्दियामा मङ्सिर १३ गते आरोपितविरूद्ध जाहेरी दिनुभएको थियो ।

घटनाको बारेमा सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बर्दियाका इन्स्पेक्टर लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले मङ्सिर १४ गते गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल गुलरियामा मङ्सिर १३ गते गरिएको छ ।

अन्य

भिडियो