खाँडाचक्र नगरपालिका–५ का २२ वर्षीया गौरी महतारालाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै पीडितले ५५ वर्षीय छिमेकी सुर कार्कीविरूद्ध मङ्सिर १५ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएकी छन् ।
पीडित महिलालाइृ आरोपितले कथित बोक्सी लागेर कुखुरा मारेको भन्दै कुटपिट गर्नुका साथै गाली बेइज्जतसमेत गरेको पीडितले आरोप लगाएकी छन् ।
कुटाइबाट पीडितको पिठ्यूँ र गोडामा चोट लागेकाले जिल्ला अस्पतालमा उपचार भएको छ । आरोपित
कथित बोक्सीको आरोपमा कुटपिट गाली बेइज्जती गरेको आरोपमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय, कालिकोटले जनाएको छ ।