INSEC Online

📅 २०८३ जेष्ठ २१

आमरण अनसनरत डा. केसीसँग वार्ता गर्न सरकारद्वारा वार्ता टोली गठन

सरकारले चिकित्सा क्षेत्र सुधारको माग गर्दै १४ दिनदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आमरण अनसनरत प्रा. डा. गोविन्द केसीसँग सम्वाद गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

वार्ताका लागि सरकारले मङ्सिर ११ गते शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको हो । टोलीको अर्का सदस्यमा स्वास्थ्य मन्त्रालयका सचिव सैनेन्द्रराज उप्रेती रहेका छन् ।

डा. केसीले वरिष्ठताको आधारमा तत्काल आइओएमा डीन नियुक्त गरिनुपर्ने र नियुक्तिमा चलखेल गर्ने त्रिविवि उपकुलपति तीर्थ खनियालाई बर्खास्त गर्नुपर्ने प्रमुख माग राखी दसौँ पटकको आमरण अनसन थालेका थिए ।

 

अन्य

भिडियो