INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कुम्पुर गाविस-३ का २१ वर्षीय राजन श्रेष्ठलाई मङ्सिर १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई कात्तिक १६ गते आरोपित श्रेष्ठले बलात्कार गरेको आरोपमा पीडित पक्षले मङ्सिर १० गते प्रहरीमा उजुरी दिएको छ ।

आरोपितको धम्कीका कारण समयमा जाहेरी दिन आउन नसकेको पीडित पक्षले जनाएको छ । घटनाको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र पञ्जियारले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १० गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

 

अन्य

भिडियो