INSEC Online

📅 २०८३ जेष्ठ २१

अछामका दुवै मतदान केन्द्र संवेदनशील

यही मङ्सिर १४ गते मेल्लेख गाउँपालिका–५ विन्देवासिनीमा हुने उपनिर्वाचनमा दुवै मतदान केन्द्र संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सुरक्षाका दृष्टिकोणले उक्त वडाको भवानी आधारभुत विद्यालय र जनता मावि (क र ख बुथ) मा रहेको दुवै केन्द्र संवेदशील रहेको विश्लेषण गरिएको हो ।

जिल्ला सुरक्षा समितिका सदस्य डिएसपी जनकबहादुर शाहीले निर्वाचनमा सहभागी भएका र निर्वाचनमा सहभागी नभएका दल, अन्य विषयसमेत हेरेर सुरक्षा संवेदनशिलतामा राखिएको बताउनुभयो ।

उक्त वडाको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित बनाउन सुरक्षा रणनीति सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना तीन घेरामा परिचालन गरिने उहाँले जानकारी दिनुभयो ।

‘निर्वाचनका क्रममा कतैबाट अवरोध नहोस् भनेर पहिलो घेरामा प्रहरी, दोश्रोमा सशस्त्र प्रहरी र तेश्रोमा नेपाली सेनाले सुरक्षा दिनेगरी योजना बनाएका छौँ । मोबाइल टोलीपनि परिचालन हुन्छ ।’–डिएसपी शाहीले भन्नुभयो ।

उक्त दुई मतदान केन्द्रमा १ हजार ९ सय ४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी गजेन्द्रप्रकाश थारुले जानकारी दिनुभयो ।

भवानी आधारभुत विद्यालयको मतदान केन्द्रमा ६ सय ५२ र जनता मावि (क र ख बुथ)मा १ हजार २ सय ५२ मतदाता रहेका छन् ।

वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस गरी दुई जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

अन्य

भिडियो