INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई मङ्सिर १० गते बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१२ जुगेडा सी गाँउका २६ वर्षीय हेमन्त जोशीलाई मङ्सिर ११ गते गिरफ्तार गरेका छ ।

पीडित बालिकामाथि बलात्कार भएको भन्दै पीडित पक्षले मङ्सिर ११ गते जुगेडास्थित प्रहरी चौकीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्सपेक्टर प्रकाश सिंहले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ११ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको इन्स्पेक्टर सिंहले बताउनु भयो ।

अन्य

भिडियो