INSEC Online

📅 २०८३ जेष्ठ २१

नेकपाको चुनवी सभा नजिकै बम विष्फोट, पाँच जना घाइते

पोखरा महानगरपालिका–९ स्थित प्रदर्शनी केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चुनावी सभा भइरहेको समयमा बम विष्फोट हुँदा पाँच जना घाइते भएका छन् ।

मङ्सिर ११ गते दिउँसो १२ः४५ बजेको समयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू सहभागी चुनावी सभास्थल नजिकै बम विष्फोट भएको थियो  ।

विष्फोटमा परी पोखरा महानगरपालिका–१५ गलेश्वरकी ५५ वर्षीया धनमाया सुनार, ४५ वर्षीया रमिला सार्की, ५५ वर्षीया जानकी पोख्रेल, ५७ वर्षीया पुर्णमाया बिक र पोखरा महानगरपालिका–१० की ५४ वर्षीया कृष्ण गुरुङ अधिकारी घाइते भएका हुन् ।

घाइतेहरूको उपचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेपश्चात घर फर्किएका छन् । यस्तै विष्फोटबाट घटनास्थल नजिकै रहेको ग १ ख ६७९४ नम्बरको बसमा क्षति पुगेको छ ।

घटना लगत्तै कास्की सुरक्षा व्यवस्थालाई थप कडा पारी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलयका डिएसपी राजकुमार केसीले जानकारी दिनुभयो ।

अन्य

भिडियो