INSEC Online

📅 २०८३ जेष्ठ २१

वरिष्ठ पत्रकार एवम् साहित्यकार कसजूको निधनमा इन्सेकद्वारा दुःख व्यक्त

वरिष्ठ पत्रकार, अग्रज बाल साहित्यकार, सूचना विज्ञ एवम् इन्सेकका मानार्थ सदस्य विनय कसजूको मङ्सिर १० गते ७२ वर्षको उमेरमा निधन भएको खबरले दुःखी तुल्याएको इन्सेकले जनाएको छ ।

Prakash Memorial Day 2052 , Prakash Human Rights Award 2051 Discourse on concept and reality of Peoples SARRC and Exhibition of Human Rights related books jointly organized by INSEC, CWIN , WATCH , MASAM , CVICT in Kathmandu , Nepal on 1 Aug 1995

‘शोकको यस घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’–इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्व. कसजू इन्सेकका मानार्थ सदस्य र इन्सेक कार्यसमितिका सल्लाहकारका साथै संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा २०५१ सालमा स्थापित प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित हुनु हुने पहिलो व्यक्तित्व हुनहुन्थ्यो ।

इन्सेकले कसजूलाई ०५२ साउन १६ गते प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मान गरेको थियो । उहाँ राष्ट्रिय सूचना आयोगको पहिलो प्रमुख आयुक्त हुनुहुन्थ्यो ।

‘सामाजिक रेडियोका अभियन्ता कसजू सूचना आयोगका पहिलो प्रमुख आयुक्तका साथै नेपाली भाषा साहित्य, बालसाहित्य, पत्रकारिता र मानव अधिकार क्षेत्रमा लामो सक्रिय हुनुहुन्थ्यो । नेपाली भाषा, साहित्य, ग्रामीण पत्रकारिताको विकास, मानव अधिकार तथा सूचनाको हकलगायतका विधामा उहाँले योगदान पुर्‍याउनु भएको योगदानको स्मरण पुस्तौँसम्म हुनेछ ।’–विज्ञप्तिमा भनिएको छ । स्वर्गीय कसजूका पत्नी र तीन छोरा हुनुहुन्छ ।

अन्य

भिडियो