INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चौतारा सागाचोकगढी नपा–८ इर्खुका ३१ वर्षीय राजेश तामाङलाई प्रहरीले मङ्सिर १० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७६ कात्तिक १७ गते बलात्कार गरेको पीडितको आरोप छ । पीडितले कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताउनुभयो ।

डिएसपी काफ्लेका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २८ गते चौतारा अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो