INSEC Online

📅 २०८३ जेष्ठ २१

आत्महत्या दुरूत्साहन घटनाका आरोपित गिरफ्तार

बेलौरी नगरपालिका–६ खैरानाकी ३१ वर्षीया सरस्वती ऐरीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा आरोपमा प्रहरीले ३५ वर्षीय पति मोहनसिंह ऐरीलाई मङ्सिर १० गते  गिरफ्तार गरेको छ ।

मृतक सरस्वतीका बुबा शेरसिंह बोहराले मङ्सिर ९ गते आरोपितविरूद्ध दुरूत्साहन सम्बन्धीको मुद्दामा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बेलौरीका इन्स्पेक्टर रणबहादुर चन्दले बताउनुभयो ।

शवको पोष्टमार्टम मङ्सिर ९ गते प्रदेशिक अस्पताल, धनगढीमा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।

विष सेवन गरेका कारण उपचारका क्रममा प्रदेशिक अस्पताल, धनगढी लगिएकी सरस्वतीको मृत्यु मङ्सिर ९ गते भएको थियो ।

अन्य

भिडियो