INSEC Online

📅 २०८३ जेष्ठ २१

लैङिगक हिंसा विरूद्धको अभियान सञ्चालन गरिएकै दिन महिला घर निकाला

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सञ्चालन गरिएकै दिन गोदावरी नगरपालिका–६ की २४ वर्षीया चमेली चौधरीलाई २७ वर्षीय पती रमेश चौधरीले मङ्सिर ९ गते घर निकाला गरेको पीडित पक्षको आरोप छ ।

घर निकाल गरिएकी पीडित महिलालाई गोदावरी नगरपालिका–४ स्थित खैरानी जङ्गलमा अलपत्र रहेको अवस्थामा भेटेपछि नजिकैको इलाका प्रहरी कार्यालय, मालाखेतिको जिम्मा लगाएको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रीका स्वकीय सचिव शेरबहादुर विष्टले बताउनुभयो ।

अलपत्र परेकी पीडित महिलालाई बिष्टले मङ्सिर ९ गते साँझ आपूmहरूको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय, मालखेतीका इन्स्पेक्टर दिपक पातलीले बताउनुभयो ।

पीडित महिलाका पतिलाई बोलाउँदा उहाँ पत्नीको खोजतलासमा गएको भन्दै पीडित महिलाका सासू ससुरा इलाका प्रहरी कार्यालयमा उपस्थित भई उपरान्त बुहारीमाथी कुनै प्रकारको हिंसा गर्न नदिने भनेपछि मङ्सिर १० गते पीडित महिलालाई सासू ससुराको जिम्मा लगाइएको इन्स्पेक्टर पालतीले बताउनु भयो ।

अन्य

भिडियो