INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार तथा भ्रुण हत्या घटनाका आरोपितविरूद्व प्रहरीमा उजुरी

साढे दुई महिनाकी गर्भवती ३५ वर्षीया महिलालाई कात्तिक ४ गतेदेखि ६ गतेसम्म बलात्कार गरी जबरजस्ति भ्रुण हत्यासमेत गरेको भन्दै बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–९ निवासी जिल्ला आदालत, कैलालीका श्रेस्तेदार ५० वर्षीय भुवन गिरीविरूद्ध पीडित महिलाले मङ्सिर ४ गते  जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनुभएको छ ।
पीडित महिलालाई बलात्कार गरी भ्रुणसमेत हत्या गरेको भन्दै मङ्सिर ४ गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताउँदै उजुरीका आधारमा कानुनी प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताउनुभयो ।

आरोपितले पटकपटक बलात्कार गर्नुका साथै भ्रुण हत्या गराई आफ्नो प्रजनन् अधिकारबाटसमेत वञ्चित गरेको पीडित महिलाको आरोप छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर ४ गते सेती प्रदेशिक अस्पताल, धनगढीमा गरिएको छ ।

अन्य

भिडियो