१४ वर्षीया बालिकालाई विवाह गरेर घरमा भित्र्याउन लागेको बेलामा प्रहरीले तादी गाउँपालिका–२ का २१ वर्षीया उसन जिम्बा तामाङसहित बालिकालाई पनि कात्तिक २९ गते गिरफ्तार गरेको छ ।
कानुनले बालविवाहलाई निषेध गरेकाले बालविवाहमा संलग्न दुवै जनालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु फुँयालले बताए । बाल विवाह भएको थाहा पाएर स्थानीयले प्रहरीलाई जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
उसनलाई बाल विवाह कसुर र बालिकालाई बालविज्याइँमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।