जिल्ला सुरक्षा समितिले कञ्चनपुरमा तोकिएको एक मतदानस्थल अति संवेदनशील रहेको जनाएको छ ।
मङ्सिर १४ गते पुर्नबास नपा–३ मा रिक्त रहेको वडा अध्यक्ष पदको लागि गोरख माध्यमिक विद्यालयमा तोकिएको मतदानस्थल अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
सुरक्षाको दृष्टिले अति संवेदनशील भएपनि स्वच्छ, भयरहित र शान्तिपुर्ण रूपमा उपनिर्वाचन सम्पन्न गराउन विशेष सुरक्षा योजना बनाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले परिचालन गरिने प्रमुख जिल्ला अधिकारी वैद्यले बताए ।
मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाका अनुसार नेपाल कम्युनिष्ट पार्टीबाट कृष्णबहादुर तामाङ, नेपाली काङ्ग्रेसबाट दिपबहादुर तामाङ, समाजवादी पार्र्टीबाट भीमबहादुर तामाङ , राप्रपाबाट पदमबहादुर शाही र रप्रपा संयुक्तबाट धनबहादुर तामाङले उम्मेदवारी दर्ता गराएको बताए ।