नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जाजरकोटका इञ्चार्ज जाजरकोट जिल्ला नलगाड नपा–५ का ४२ वर्षीय प्रेमप्रकाश वलीलाई कात्तिक २८ गते कोहलपुरबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
जाजरकोटमा एनसेल टावरमा आगजनी तथा तोडफोड, जबरजस्ती चन्दा असुल लगायतका क्रियाकलापमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय जाजरकोटले संरचना विनास, राज्यविरूद्धको अपराध र चन्दा असुलसम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।
आरोपितलाई इलका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर नगरपालिका–२ बाट गिरफ्तार गरेको डिएसपी हेमबहादुर शाहीले बताए ।