INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुलरिया नपा–७ का २४ वर्षीय घनश्याम चौहानलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १४ गते बाँके जिल्ला नेपालगञ्ज उमनपास्थित नेपालगञ्ज नर्सिङ होम नजिक रहेको होटलमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २६ गते जिल्ला प्रहरी कार्यालय बर्दियामा उजुरी दिएको थियो ।

उक्त उजुरीका आधारमा आरोपित चौहानलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २८ गते जिल्ला अस्पताल गुलरियामा गरिएको प्रहरीले जनायो ।

घटना बाँके जिल्लाका भएकाले जिल्ला प्रहरी कार्यालय बाँकेमा मिसिल र आरोपितलाई कात्तिक २८ गते आवश्यक कारवाहीका लागि बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका इन्स्पेक्टर लक्ष्मण वलीले बताए ।

अन्य

भिडियो