आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत गढिमाई नगरपालिका–२ को वडाध्यक्ष पदका लागि शान्तिपुर्ण रूपमा उम्मेदवारी दर्ता भएको छ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीबाट जवार मियाँ, नेपाली कांग्रेसबाट दिपेन्द्र श्रेष्ठ, समाजवादी फोरम नेपालबाट दिनेश दास, राष्ट्रिय जनता पार्टीबाट विजय महतो, जनमत पार्टीबाट राधेश्याम साह बनियाँ, राप्रपाबाट रामईश्वर दास, स्वतन्त्र बुधिया नेसा, हबिब राय भाट, बिनय साह तेली र नथुनी माझीलगायत ११ जना उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।
दलहरूद्वारा आचार संहिता उल्लङ्घनः
विभिन्न पार्टीहरूले मनोनयन दर्ताको समयमा निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी, राजपालगायत मनोनयन दर्ता गर्न आएका राजनीतिक दलहरूले बालबालिकाको प्रयोग गरेर आचार संहिता उल्लङ्घन गरका छन् ।





