INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै १७ वर्षीय बालकलाई जिल्ला अदालतले कात्तिक २७ गते आठ वर्ष कैदको फैसाला गरेको छ ।
न्यायाधीश रितेन्द्र थापाको इजलासले कसुर ठहर ठहर गर्दै बालकलाई बालसुधार गृहमा राख्न आदेश दिएको हो ।

पीडित बालिकालाई आरोपित बालकले ०७५ फागुन २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो । बलात्कारबाट गर्भवति बनेकी बालिकाको स्वास्थ्य परीक्षण ०७५ चैत १ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।

अन्य

भिडियो