१४ वर्षीया बालिकालाई प्रलोभनमा पारी विवाह गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरीलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई प्रलोभनमा पारी कात्तिक १६ गते विवाह गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्घ कात्तिक १७ गते इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रेमसागर केसीले बताए ।
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–२२ भैँसीपाटी बस्ने