INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

सिन्धुलीको सुनकोशी नगरपालिकाकी २५ वर्षीया, काठमाडौँको चन्द्रागिरी नगरपालिकाकी २५ वर्षीया, नुवाकोटकी २८ वर्षीया र मकवानपुरकी २२ वर्षीया गरी चार जना युवतीलाई भारतको दिल्लीमा काम लगाइदिने प्रलोभमा पारी बेचबिखनको प्रयास गरेको आरोपमा चितवन जिल्ला रत्ननगर नगरपालिका–२ की ३९ वर्षीया सपना  प्रजापतिलाई कात्तिक २२ गते प्रहरीले गिरफ्तार गरेको छ ।

धनगढीको त्रिनगर नाका हुँदै भारततर्फ लैजाँदै गर्दा भारतको पलियाबाट भारतीय एसएसबीको सहयोगमा आरोपितलाई गिरफ्तार गरी चारै जना युवतीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

उद्धार गरिएका चारै जना युवतीहरूलाई आफन्तको जिम्मा लगाउने गरी धनगढीस्थित शान्ति पुनर्स्थापना गृहमा राखिएको गृहकी सेवा निगरानीकर्ता पार्वती चौधरीले बताइन् ।

गिरफ्तार गरिएका आरोपितविरूद्ध मानव बेचबिखनको मुद्दा दर्ता गरिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बस्नेतले बताए ।

अन्य

भिडियो