INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रियताको विषय आएको भन्दै डा. केसीद्वारा अनशन स्थगित

नौ दिनदेखि डडेल्धुरामा अनशनरत डा.गोविन्द केसीले कात्तिक २६ गते अनसन स्थगित गरेको जनाएका छन् ।

लिपुलेकको विषयमा सरकारले गरेको निर्णयलाई समर्थन गर्दै डा. केसीले नौ दिनदेखि जारी राखेको अनशन तोडेका हुन् । डा. केसीले चार वर्षकी बालिकाको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

डा केसीले लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको विषयले स्तब्ध भएको उल्लेख गर्दै तत्काललाई अनशन स्थगित गरेको बताए ।

‘भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको छ । यो समाचारले अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु ।’–उनले भने–‘राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरूको संवेदनालाई हृदयङ्गम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौँ ।’

डा. केसीलाई सोमबार शिक्षामन्त्री गिरिराजमणी पोखरेलले लिपुलेकको विषय उठिरहेका कारण तत्काल अनशन स्थगित गर्न आग्रह गरेका थिए ।photo20191112dadeldhura2

photo20191112dadeldhura

अन्य

भिडियो