INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य सेवा प्रवाहका लागि इन्सेकको संयोजनमा अधिकारकर्मीहरूले ज्ञापनपत्र बुझाए

अस्पतालबाट नागरिकको स्वास्थ्य अधिकार सुनिश्चिता नभएको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संयोजनमा जिल्लास्थित अधिकारकर्मीको टोलीले जिल्ला अस्पतालका प्रमुख जगनाथ तिवारीलाई ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराएका छन् ।

जिल्ला अस्पतालमा राज्यले तोकेका निःशुल्क पाउने औषधिहरू नपाएको, जीवन विमा गराएबापत सेवा सुविधा नपाएको, जिल्ला अस्पतालको फार्मेसीमा औषधिहरू नभएको, दरबन्दी अनुसार स्वास्थ्यकर्मी नभएको भन्दै अधिकारकर्मीले ध्यान आकर्षण गराएका हुन् ।

विभिन्न समयमा औषधि नपाएको, सेवा गुणस्तरीयता नभएको भन्दै नागरिकहरुले गनुासो गरेपछि नागरिकको अधिकार सुनिश्चितता गर्नको लागि राज्यलाई खबरदारी गरिएकोे हो ।

ज्ञापन पत्रमा भनिएको छ–‘नेपालको संविधान २०७२ को भाग ३ को धारा ३५ मा स्वास्थ्य अधिकारलाई मौलिक हकको रूपमा उल्लेख गरेको छ । यसले नागरिकको स्वास्थ्य अधिकारकालाई सुनिश्चिता गरेको हुँदा तत्काल सम्बन्धित पक्षले पहल गरी नागरिकलाई राज्यबाट प्राप्त हुने सेवा र सुविधा प्रदान गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न जोडदार माग गर्दछौँ ।’

जिल्ला अस्पतालका प्रमुख डा. जगनाथ तिवारीले मुलुक सङ्घीयतामा गएपछि झनै स्वास्थ्य क्षेत्रमा समस्या भएको बताए ।

औषधि र कर्मचारी माग गरेपनि परिपुर्ति हुन नसकेको उनले बताए । नागरिक समाजे दिएको ज्ञापनपत्रका मुख्य कुरालाइ मनन् गर्दै सम्बन्धित निकायमा जानकारी गराउने तिवारीले बताए ।

तिवारीले जिल्लामा डाक्टरसहित अन्य स्वास्थ्यकर्मी नआएको, निशुल्क पाउने औषधि बजेट अभाव भएको हुँदा उपलब्ध गाराउन नसकिएको, स्वास्थ्य बिमा बापतका औषधिहरूका लागि साउनमा बजेट माग भए पनि हालसम्म स्वास्थ्य बिमा बोर्डबाट उपलब्ध हुन नसकेकोले समस्या भएको बताए ।

जिल्ला अस्पतालमा राज्यले तोकेका निशुल्क पाउने औषधिहरू र जीवन बिमा बापत पाउने औषधि नपाएको,  कर्मचारी पर्याप्त नभएको कारण सेवा प्रवाहमा समस्या भएको छ ।

photo20191112arghakhanchi (1)

photo20191112arghakhanchi (2)

photo20191112arghakhanchi (3)

अन्य

भिडियो