INSEC Online

📅 २०८३ जेष्ठ २१

अनसनरत डाक्टर केसीलाई लिन आएको हेलिकप्टर त्यसै फर्कियो

डडेल्धुरामा आमरण अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भनी डडेल्धुरा अस्पतालका चिकित्सकले भनेपछि उनलाई काठमाडौँ लैजान आएको नेपली सेनाको हेलिकोप्टर रित्तै फर्किएको छ ।

डाक्टर केसीले डडेल्धुरा नछाड्ने अडान लिएका कारण र स्थानीयले डाक्टर केसीका माग पुरा नगरी जान नदिने भन्दै विरोध गरेपछि हेलिकोप्टर रित्तै फर्किएको हो ।

डाक्टर केसीलाई काठमाडौँ पठाउन डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले प्रयास गरेको भए पनि चारैतिरको अवरोध र केसीले पनि नजाने अडान राखेपछि हेलिकप्टर रित्तै फिर्किएको जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले जनायो । डाक्टर केसीको ज्यान जोखिममा भएकाले अस्पतालले स्थानान्तरण गर्न भन्दै कात्तिक २४ गते विज्ञप्ति जारी गरेको थियो ।

उनको ब्लड प्रेसर घट्न थालेको, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिजनको मात्रा घटेको र मिर्गौलामा समस्या देखिएको अस्पतालका निमित्त डाक्टर जितेन्द्र कँडेलले बताए ।

प्रहरीले अनसनस्थल छोड्न दबाब दिएपछि कात्तिक २५ गते बिहानैदेखि डडेल्धुरा सदरमुकाम तनावग्रस्त समेत बनेको थियो ।

अन्य

भिडियो