INSEC Online

📅 २०८३ श्रावण १

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई कात्तिक २१ गतेदेखि २३ गतेसम्म पटकपटक बलात्कार गरेको आरोपमा धनगढी उपमहानरपालिका–१ का १९ वर्षीय सुमित गुप्तालाई प्रहरीले कात्तिक २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाकी आमाले कात्तिक २३ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २३ गते सेती प्रादेशिक अस्पताल धनगढीमा  गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो