INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक कार्यसमिति सदस्यलाई स्वागत तथा बधाई ज्ञापन

इन्सेकको नवनिर्वाचित कार्यसमिति सदस्यहरूलाई इन्सेक केन्द्रीय कार्यालयमा आज कात्तिक २५ गते आयोजित एक कार्यक्रममा इन्सेकका कर्मचारीले स्वागत तथा बधाई ज्ञापन गरेका छन् ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष डा. इन्दिरा श्रेष्ठले मानव अधिकार र सामाजिक न्यायका निम्ति इन्सेकले बनाएको छविलाई अझै उचो बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले नवनिर्वाचित कार्यसमितिले इन्सेकले मानव अधिकारको क्षेत्रमा बनाएको छविलाई अझै उचो बनाउने अपेक्षा राखेको बताउँदै कार्यसमितिले निर्देश गरेका नीतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

निर्देशक श्रीराम बजगाइँले मानव अधिकार र सामाजिक न्यायका निम्ति कार्यसमितिले निर्दिष्ट गरेका लक्ष्य प्राप्तिका लागि क्षमता अभिवृद्धि गर्न र क्षमताले भ्याएसम्मका काम गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

गत कात्तिक २२ गते सम्पन्न इन्सेकको २३ औँ साधारण सभाले डा. श्रेष्ठको अध्यक्षतामा दीपकराज काफ्ले, नजिर मियाँ, गीता बराल, रुद्रबहादुर चर्माकार, रघुनाथ अधिकारी र शोभाकर बुढाथोकी रहेको कार्यसमिति चयन गरेको थियो ।

photo20191111kathmandu (1)

photo20191111kathmandu (2)

photo20191111kathmandu (3)

photo20191111kathmandu (4)

अन्य

भिडियो