अपरिचित व्यक्तिले हुप्सेकोट गाउँपालिका–५ रुद्रपुरमा रहेको इलाका प्रहरी कार्यालय, रुद्रपुरका सई गङाराम कोइरीलाई प्रहरी कार्यालय खाली गर्न भन्दै फोनमा धम्की दिएको प्रहरीले जनाएको छ ।
कात्तिक १९ गते राति अपरिचित व्यक्तिले सई कोइरीलाई फोनमा म्यासेजमार्फत्–‘युद्ध गर्ने भए युद्धको लागि तयार भएर बस । नभए हतियार छोड । चौकी खाली गर ।’ भन्दै धम्की आएको प्रहरीको भनाई छ ।
सो धम्कीबारे सई कोइरीले जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा घटनाबारे कात्तिक १९ गते नै जानकारी गराएका थिए ।
घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजन ढकालको नेतृत्वमा कात्तिक १९ गते राति नै थप प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी अर्जुन रानाभाटले बताए । धम्कीका विषयमा अनुसन्धान भइरहेको डिएसपी रानाभाटले बताए ।
होल्डिङ सेन्टरमा अमानवीय र विभेदपूर्ण व्यवहार गरेको भन्दै मानव अधिकार आयोगमा निवेदन
होल्डिङ सेन्टरमा आफूहरूलाई अमानवीय र विभेदपूर्ण व्यवहार गरिएको आरोप लगाउँदै