INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारका कारण १२ वर्षीया बालिका गर्भवति, २२ हप्ताको गर्भ सुरक्षित गर्भपतन

सुस्तमनस्थिति भएकी १२ वर्षीया बालिकाको पाँच महिनाको गर्भ थापाथलीस्थित प्रसूति गृहमा कात्तिक २२ गते गर्भपतन गराइएको छ ।

बलात्कारबाट पाँच महिनाअघि रहेको २२ महिनाको बच्चा जन्माउन नसक्ने र स्वास्थ्यमा गम्भीर जोखिम हुने भएकाले अस्पताल गर्भपतन गराएको बालिकासँगै रहेकी प्रहरी जवान देवकी विष्टले जानकारी दिइन् । पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ६ गते जिल्ला अस्पताल मङ्गलसेन पश्चात कात्तिक १३ गते प्रसूति गृह काठमाडौँ पठाइएकोमा १५ गते उक्त अस्पताल भर्ना गरिएको थियो ।

पीडित बालिकालाई कुकुरले टोकेको भन्दै रेबिजविरूद्धको सुई लगाउन कात्तिक ६ गते वयलपाटा अस्पतालमा ल्याइएको थियो ।

उक्त अस्पतालले सोही दिन जिल्ला अस्पताल मङ्गलसेनमा रिफर गरेपछि परीक्षणका क्रममा २२ हप्ताको गर्भ रहेको फेला परेको थियो ।

जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको २२ हप्तासम्मको गर्भ भएमा वा अरु अवस्थाका अनिच्छित गर्भ १२ हप्ता ननाघेको गर्भपतन गर्न मिल्ने कानुनी व्यवस्था छ ।

ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक ६ गतेको उजुरीपछि सोही दिन गिरफ्तार गरिएको डिएसपी जनकबहादुर शाहीले जानकारी दिए । डिएसपी शाहीले घटनाको थप अनुसनधान गरिरहेको जानकारी दिएको छ ।

अन्य

भिडियो