मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनको लागि सिरहामा तोकिएको एक मतदानस्थल अति संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
कल्याणपुर नपा–१२ मा रिक्त रहेको वडा अध्यक्ष पदको मतदानको लागि तोकिएको मतदानस्थल अति संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहराले बताए ।
सुरक्षाको दृष्टिले अति संवेदनशील भएपनि स्वच्छ, भयरहित र शान्तिपुर्ण रुपमा उपनिर्वाचन सम्पन्न गराउन विशेष सुरक्षा योजना बनाएको डिएसपी बोहराले बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले सुरक्षा प्रदान गर्ने योजन रहेको उनले जनाए ।
कल्याणपुर नपा–१२ का वडा अध्यक्ष रामदेव यादवको एक वर्ष पहिला मृत्यु भएकोले सो पद रिक्त रहेको थियो ।