१६ वर्षीया बालिकालाई विवाह गर्न नमानेको आरोपमा मङ्सिर ६ गते विवाह गर्न नमानेको आरोपमा आफ्नै बावुआमाले घरको कोठामा थुनेर राखेको प्रहरीले जनाएको छ ।
बावु आमाले विवाह गर्न तयारी गरिरहेको बेला आफू विवाह गर्न मञ्जुरी नदिएपछि बालिकालाई घरको कोठामा थुनेर राखेको जिल्ला बाल कल्यांण समितिका तथ्याङ्क अभिलेख प्रमुख रेवती नेपालले बताए ।
उनका अनुसार घटनाको खवर आउना साथ आफूले जिल्ला प्रहरी कार्यालय स्थित महिला तथा बालवालिका सेवा केन्द्रमा उजुरी गरेको बताए ।
जिल्ला प्रहरी कार्यालयमा सर्म्पर्क गर्दा बाल कल्यांण समितिबाट घटनाको जानकारी आएपछि प्रहरी टोली घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केदार बस्नेतले बताए ।