४० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले कात्तिक १३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
प्रहरीले आरोपितलाई कात्तिक १८ गते घरबाट गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको बाल हिरासतमा राखिएको इन्स्पेक्टर लोकेन्द्र जिसीले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १६ गते जिल्ला अस्पताल बिजुवारमा भएको प्रहरीले जनायो ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि