२१ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ५६ वर्षीय बावुलाई कात्तिक १७ गते गिरफ्तार गरेको छ ।
पीडिलाई आरोपितले कात्तिक १५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित परिवारले कात्तिक १६ गते प्रहरीमा उजुरी दर्ता गराएका थिए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण कात्तिक १६ गते नै जिल्ला अस्पताल पाल्पामा गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी कृष्णराज सापकोटाले बताए ।